हामी व्यवसायी लक्ष्मीपूजालाई विशेष महत्व दिन्छौँ । अफिस र घर दुवै ठाउँमा लक्ष्मीको भव्य पूजा गर्र्छाैं । यस दिन कर्मचारी, साथीहरू, आफन्तलाई मिठाई बाँड्ने चलन छ । मलाई लाग्छ, पहिला मनैदेखि चाडपर्व मनाइन्थ्यो । त्यो बेला सानो बच्चा भएर पनि होला, खूबै रमाइलो लाग्थ्यो । मनोरञ्जनका साधन कम थिए । रमाइलोका लागि दीपावली कुरेर बसिन्थ्यो । अचेल मोबाइल, कम्प्युटरमा मानिस भुल्न थाले । चाडपर्वको रौनक कम हुन थालेको छ ।