पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

राम्रो अनलाइन     २७ चैत २०८२, शुक्रबार
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको महिला पक्राउ परेकी छन् । 

काठमाडौं नगरपालिका–१० बस्ने काभ्रे घर भएकी ४७ वर्षीया कुमारी मगर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै एक पीडितबाट पाँच लाख रूपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१४ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाइएको छ । 

प्रतिक्रिया