सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग

राम्रो अनलाइन     ०१ जेठ २०८३, शुक्रबार
सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङ माथि उठेका आरोपबारे गठित छानबिन समितिले निष्पक्ष रूपमा काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सरकारद्वारा गठन गरिएको अनुसन्धान समितिबारे प्रतिक्रिया दिँदै आङ्देम्बेले समितिको उद्देश्य सत्य तथ्य बाहिर ल्याउने हुनुपर्ने उल्लेख गरे । उनले समितिले आरोपित व्यक्तिलाई उन्मुक्ति दिने उद्देश्यले मात्र काम गर्न नहुने धारणा राखे ।

पूर्वगृहमन्त्री गुरुङ विवादित व्यवसायी दीपक भट्टसँगको आर्थिक तथा सेयर लगानी सम्बन्धका विषय सार्वजनिक भएपछि विवादमा तानिएका थिए । उक्त विषय सार्वजनिक भएसँगै उनीमाथि राजनीतिक तथा नैतिक प्रश्न उठ्न थालेको थियो ।

त्यसपछि गुरुङले गत वैशाख ९ गते नैतिक जिम्मेवारी स्वीकार गर्दै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । तर राजीनामापछि लामो समयसम्म सरकारले छानबिन प्रक्रिया अघि नबढाएको भन्दै प्रतिपक्षले आलोचना गर्दै आएको थियो ।

प्रतिक्रिया