मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

राम्रो अनलाइन     ३० वैशाख २०८३, बुधबार
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बरहथवा – रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

गए राति बरहथवाबाट मधुवनीतर्फ गइरहेको ज ७ प २६१३ नम्बरको मोटरसाइकल नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका–५ वैजनाथ चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालक भारतको सीतामढी ग्रामपञ्चायत ढेगका ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार मोटरसाइकलमा सवार २३ वर्षका सोही स्थानका  उज्ज्वल पटेल गम्भीर घाइते भएका छन् । निजको  सीतामढीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया