सामान्य अंकले बढेर शेयरबजार बन्द

राम्रो अनलाइन     ०१ जेठ २०८३, शुक्रबार
सामान्य अंकले बढेर शेयरबजार बन्द

काठमाडौं– साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से आज सामान्य अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १.७७ अंकले बढ्दै २ हजार ७३१.९४ अंकमा उक्लिएको हो । 

आज कारोबार भने जम्मा ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँ बराबरको मात्र भएको नेप्सेले जनाएको छ । दोस्रो बजारमा आज ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर कारोबार भएको छ । 

आज बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बीमा, अन्य समूह र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने विकास बैंक, इनभेष्टमेन्ट, जीवन बीमा, म्यानु एण्ड प्रो, फाइनान्स र म्युचुअल फन्डको उपसूचक भने ऋणात्मक भएका छन् । 

आज १२५ कम्पनीको शेयर मूल्य बढ्दा आज १२० कम्पनीको मूल्य घटेको छ । २२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।  

प्रतिक्रिया