बागलुङमा अटोरिक्सा दुर्घटना हुँदा तीन जना घाइते

राम्रो अनलाइन     ०१ जेठ २०८३, शुक्रबार
बागलुङमा अटोरिक्सा दुर्घटना हुँदा तीन जना घाइते

काठमाडौं – बाग्लुङमा अटोरिक्सा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो बागलुङ नगरपालिका वडा नंं १३ पैयुँपाटाको सातबिसेस्थित पानी ट्याङ्की–पैयुपाटा सडक खण्डमा अटोरिक्सा दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

सातेबिसेबाट पानी ट्याङ्कीतर्फ जाँदै गरेको ग.प्र. ०२००१ ह ०११९ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटाका ४० वर्षीय दिपेन्द्र पाण्डे, सोही ठाउँकी ६५ वर्षिया दिपा पाठक र ७२ वर्षीय डम्बर कुमारी रेग्मी घाइते भएका हुन् । घाइते पाण्डे अटोरिक्सा चालक हुन् । 

घाइते पाण्डेको बायाँ हात र खुट्टा, पाठकको शरीरका विभिन्न भाग र रेग्मीको हातखुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए । 

घाइते पाठकको अवस्था गम्भीर रहेको छ । घाइतेको अहिले धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अटोमा ४ जना सवार रहेपनि एक जनाको अवस्था भने सामान्य रहेको थापाले बताए । 

चालकले नियन्त्रण गुमाउँदा तीव्र गतिमा गुडेको अटोरिक्सा सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बलेवाको टोलीले घाइतेको उद्दार गरेको हो । 

प्रतिक्रिया