त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यले पाए

राम्रो अनलाइन     ३१ वैशाख २०८३, बिहिबार
त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यले पाए

काठमाडौं–  त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा सुशीलबहादुर बज्राचार्यले पाएका छन्। प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।

अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि उनलाई निमित्तको जिम्मेवारी दिइएको हो । अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्राडा दीपक अर्यालले राजीनामा दिएका थिए । 

विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ। आवेदन दिन १० दिनको समय दिइएको छ ।

प्रतिक्रिया