मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

राम्रो अनलाइन     ०१ जेठ २०८३, शुक्रबार
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन् । 

आज बिहान ११ बजे बोलाइएको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।

मधेश प्रदेश सभामा हाल कायम रहेको १०२ जना प्रदेश सभा सदस्यमा मधेश प्रदेश सरकारलाई बहुमतका लागि ५२ जना प्रदेशमा सदस्यको समर्थन आवश्यक पर्छ । अहिले पनि मधेश प्रदेश सरकारसँग सरकारमा सहभागी दलहरूको ६३ जना प्रदेशसभा सदस्यको समर्थन कायम छ ।

मधेश प्रदेश सरकारलाई नेपाली काँग्रेसको २२ जना, जसपा नेपालको २६ र नेपाली कम्युनिष्ट पार्टीका १५ जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया