चिनी निर्यातमा भारतको प्रतिबन्ध

राम्रो अनलाइन     ०१ जेठ २०८३, शुक्रबार
चिनी निर्यातमा भारतको प्रतिबन्ध

काठमाडाैं – भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ तर नेपालमा भने तत्काल त्यसको असर नपर्ने भएको छ । चिनीको स्वदेशी उत्पादन पर्याप्त भएकाले तत्कालका लागि बजारमा चिनीको अभाव नहुने भएको हो । 

इन्धनको मूल्यवृद्धिका कारण चिनीलगायतका खाद्यान्नको मूल्य बढ्न सक्ने भएकाले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको बताइएको छ । 

आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन आगामी सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा तत्काल लागु हुने गरी प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले जनाएको हो । रोयटर्सका अनुसार भारतले चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको छ ।

प्रतिक्रिया